Logo

हकप्रद सेयरको लहर : खानी खोला र शिव श्री हाइड्रोपावरको खुला, अरु दुईको छिट्टै खुल्दै

हकप्रद सेयरको लहर : खानी खोला र शिव श्री हाइड्रोपावरको खुला, अरु दुईको छिट्टै खुल्दै



काठमाडौं । हाल नेप्सेमा सूचीकृत २ कम्पनीको हकप्रद सेयर बिक्री भइरहेको छ । हकप्रद सेयर बिक्री खुला हुनेमा खानी खोला हाइड्रोपावर र शिव श्री हाइड्रोपावर रहेका छन् । यी दुवै कम्पनीले आफ्नो हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गरेका हुन् । यता, २ कम्पनीको हकप्रद सेयर निष्काशनको मिति भने नजिकिंदो छ । हकप्रद सेयर निष्काशनको अन्तिम तयारीमा रहेका २ कम्पनीमा सिटि होटल र नारायणी डेभलपमेन्ट बैंक रहेका छन् । यता, ११ कम्पनीहरुले भने नेपाल धितोपत्र बोर्डसँग हकप्रद सेयर निष्काशनको लागि अनुमति मागेका छन् ।

खानी खोला हाइड्रोपावरले भदौ ३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । यस कम्पनीले १ सय अंकित मूल्यमा ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको हो । यसअनुसार कम्पनीले ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ । यस हकप्रद सेयर निष्काशन प्रयोजनको लागि कम्पनीले असार २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २६ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । यस कम्पनीको हकप्रद सेयरमा भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । शिव श्री हाइड्रोपावरले भदौ १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गरेको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार साउन १५ गतेसम्म कायम सेयरधनीहरुले उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताले असोज ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सिटि होटल लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दै छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस होटेलले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

यस हकप्रद सेयर प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन २६ गतेसम्म कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको हकप्रद सेयरलाई केयर रेटिङ नेपालले केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । बैंकले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसअनुसार बैंकले २६ लाख २४ हजार ६ सय ७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । यसअनुसार यस बैंकले १ सय अंकित मूल्यमा २६ करोड २४ लाख ६७ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको हकप्रद सेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ सी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा धेरै उच्च जोखिम रहेको संकेत गर्दछ ।

रिभर फल्स पावरले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । यस कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्