Logo

भुक्तानी सेवाप्रदायकबीच ग्राहकको सूचना आदानप्रदान गर्न केन्द्रिय ग्राहक पहिचान प्रणाली निर्माण गरिने

भुक्तानी सेवाप्रदायकबीच ग्राहकको सूचना आदानप्रदान गर्न केन्द्रिय ग्राहक पहिचान प्रणाली निर्माण गरिने



काठमाडौं । अब भुक्तानीसम्बन्धी कारोबार गर्ने सबै ग्राहक र सेवाग्राहीलाई केन्द्रिय ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।

laxmi

यसअघि राष्ट्र बैंकले अनलाईन भुक्तानीका क्रियाकलाप गर्ने विभिन्न ग्राहकहरुको पहिचानमै समस्या भएको भन्दै केन्द्रिय ग्राहक पहिचान प्रणालीको विकास गर्ने बताएको थियो । सोही अनुसार चालु आवको मौद्रिक नीतिमार्फत उक्त प्रणालीको विकास गर्न विभिन्न निकायबीच समन्वय गरिनेसमेत राष्ट्र बैंकले बताएको छ ।

बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुबीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन र नेपाल सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्र समेतलाई केन्द्रिय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुने गरी केन्द्रिय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL