Logo

घरकर्जा सीमा २ करोड पुग्यो, चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरिने

घरकर्जा सीमा २ करोड पुग्यो, चालु पुँजी कर्जा मार्गदर्शन पुनरावलोकन गरिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृघि गरेको छ । आईतबार चालु आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले घरकर्जा सीमा बढाएको हो । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुर्याउने घोषणा गरेको हो ।

laxmi

यस्तै राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन पनि पुनरावलोकन गर्ने बताएको छ । यसअघि उद्योगी व्यवसायीहरुले हालको चालु पुँजी कर्जा मार्गदर्शन नै स्थगित गरेर पुनरावलोकन गर्नुपर्ने माग गर्दै आएका थिए ।

सोहीअनुसार चालु आवको मौद्रिक नीतिमै उक्त व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL