Logo

ग्लोबल मनी वीक मनाउन राष्ट्र बैंकको आग्रह, सबल वित्तीय वातावरण विकासमा जोड

ग्लोबल मनी वीक मनाउन राष्ट्र बैंकको आग्रह, सबल वित्तीय वातावरण विकासमा जोड



काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्लोबल मनी वीक मनाउन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै बैैंक तथा वित्तीय संस्थालाई यस्तो आग्रह गरेको हो ।

laxmi

ग्लोबल मनी वीक युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाइने साप्ताहिक अभियान हो । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा मनाउन सुरू गरिएको यो अर्गनाइजेशन अफ इकोनोमीक को अपरेशन एण्ड डेभलपमेन्ट को संयोजनमा विश्वका धेरै मुलुकमा मनाउने गरिन्छ ।

युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पु¥याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको राष्ट्र बैंकले जनाएको छ ।

दशौं श्रृंखलाका रुपमा सन् २०२२ मा मनाइएको ग्लोबल मनी वीकमा प्रत्यक्ष रुपमा १०९ वटा र भर्चुअल माध्यमसमेतबाट १७० मुलुकका चार करोडभन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । ग्लोबल मनी वीकको स्थायी नाराः ‘लन सेभ अन’ रहेको छ भने एघारौं श्रृंखलाका रुपमामनाइने ग्लोबल मनी वीक २०२३ को थिमः ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ रहेको छ । यस वर्षको थिमले युवाहरुमा वित्तीय चेतना अभिवृद्धिमार्फत वित्तीय व्यवहारको दिगोपन र सबल वित्तीय वातावरण विकासमा जोड दिएको राष्ट्र बैंकले जनाएको छ ।

ओइसीडीका अनुसार सन् २०२३ को ग्लोबल मनी वीक मार्च २० देखि २६ सम्म नेपाल राष्ट्र बैंकको संयोजनमा नेपालभर मनाउने कार्यक्रम रहेको छ । यस साप्ताहिक कार्यक्रममार्फत युवाहरुमा वित्तीय शिक्षाको प्रवद्र्धन गर्दै वित्तीय साक्षरता अभिवृद्धि गरी वित्तीय समावेशिता प्रवद्र्र्धनका माध्यमले स्वरोजगार सिर्जना, उत्पादन तथा आय वृद्धि र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

विगतका वर्षदेखि मनाउँदै आइएको ग्लोबल मनी वीकमा यस वर्ष नेपाल राष्ट्र बैंक, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक, वित्तीय तथा गैरबैंक वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्थाहरु, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेसनल बैंकिङ इन्स्टिच्युट, कर्मचारी सञ्चय, कोष, नागरिक लगानी कोष आदि निकाय तथा संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गर्ने योजना रहेको छ ।

राष्ट्र बैंकका अनुसार सो कार्यक्रममा नेपालका स्कूल तथा क्याम्पसमा अध्ययनरत युवा विद्यार्थीलाई समेटी वित्तीय चेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने, वित्तीय चेतना अभिवृद्धिसम्बन्धी रचनात्मक कृयाकलाप आयोजना गर्ने, वित्तीय चेतनामूलक प्रतिस्पर्धा तथा वित्तीय चेतनामूलक याली आयोजना गर्ने, सञ्चार माध्यमबाट वित्तीय चेतनामूलक सामग्री एवम् अन्तरवार्ता प्रसारण तथा प्रकाशन गर्ने कार्यक्रम हुनेछन् ।

त्यस्तै, युवा विद्यार्थीलाई वित्तीय सेवाप्रदायक संस्थाको अवलोकन गर्ने प्रबन्ध मिलाउने, वित्तीय सेवा प्रदायक संस्थाका सामाजिक सञ्जालमा समेत वित्तीय चेतनामूलक सामग्री प्रसारण गर्ने, बैंक, वित्तीय तथा गैर बैंक वित्तीय संस्थाले युवाकेन्द्रित वित्तीय चेतनामूलक कार्यक्रमहरु आयोजना गर्ने जस्ता कार्य सम्पन्न हुँदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL