Logo

रेमिटान्सले भुक्तानी सुन्तुलनमा सुधार, वैदेशिक लगानी भने ८१ करोडले ऋणात्मक

रेमिटान्सले भुक्तानी सुन्तुलनमा सुधार, वैदेशिक लगानी भने ८१ करोडले ऋणात्मक



काठमाडौं । वैदेशिक रोजगारीमा गएका कामदारले रेमिटान्स पठाएसँगै भुक्तानी सन्तुलनमा सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो २ महिनामा ९४ अर्ब ८० करोड रुपैयाँले घाटामा रहेको भुक्तानी सन्तुलन चालू आबको सोही अबधिमा २३ अर्ब ६८ करोड रुपैयाँले मात्र घाटामा रहेको छ ।

laxmi

यस्तै सो अवधिमा चालु खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँले घाटामा रहेको थियो ।

यस्तै सो अबधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी रु।३ अर्ब ४ करोड रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL