Logo

एनसीसी बैंकले शुरु गर्यो बिराटनगरमा क्युआर कोड सेवा, अटो रिक्साको भुक्तानी अनलाइनबाटै गर्न सकिने

एनसीसी बैंकले शुरु गर्यो बिराटनगरमा क्युआर कोड सेवा, अटो रिक्साको भुक्तानी अनलाइनबाटै गर्न सकिने



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) बैंकले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्ने सुविधाको शुरुवात गरेको छ । बैंकले शुक्रबारबाट मोरङ जिल्लाको बिराटनगर महानगरपालिका स्थित विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सा चढ्ने यात्रुलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएको हो ।

laxmi

एनसीसी बैंकले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्दै अनलाइन भुक्तानीको सेवा शुभारम्भ गरे । बिराटनगर मेडिकल कलेज रुटमा चल्ने के एन अटो यातायात प्रालिमा आबद्ध अटो रिक्सामा क्युआर कोडमार्फत भुक्तानी हुने भएको हो ।

व्यवसायमा नगद रहित कारोबार गर्दा छिटो छरितो र सुलभ ढंगमा कारोबार हुने हुँदा यसले आम व्यवसायी र सेवाग्राही वर्गमा लाभ पुग्ने एनसीसी बैंकले अपेक्षा लिएको छ । क्यु आर कोड हस्तान्तरण गर्दै गभर्नर अधिकारीले नगदरहित कारोबार सुरु भएकोले नोट कम चलाएर डिजिटल कारोबार गरि राष्ट्रकै लागि योगदान पुर्याउन सकिने भन्दै सबैलाई यसमा सहयोगका लागि आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL