Logo

नेपाल बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने

नेपाल बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्ती डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने



काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ ।

laxmi

नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्नुपर्छ । खल्ती छनोट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । नेपाल बैंकले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ्ग कारोबार सहज साथै सरल गर्नु हो ।

’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरूको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ’खल्ती’का प्रयोगकर्ताहरूको संख्या १४ लाखभन्दा बढि छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL