Logo

मुक्तिनाथ विकास बैंक र होटल सबरीनाबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा विशेष छुट

मुक्तिनाथ विकास बैंक र होटल सबरीनाबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र बुढानिलकण्ठस्थित होटल सबरीनाबीच एक सम्झौता भएको छ । बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई होटलको सेवामा विशेष छुट प्रदान गर्ने गरी आईतबार उक्त सम्झौता भएको हो ।

laxmi

उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाकोसेवा लिदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL