Logo

एनआईसी एशिया बैंकको क्यूआर कोड सेवा, पूर्वी नेपालको गोरखा डिपार्टमेन्ट स्टोरमा

एनआईसी एशिया बैंकको क्यूआर कोड सेवा, पूर्वी नेपालको गोरखा डिपार्टमेन्ट स्टोरमा



काठमाडौं । एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूआर भुक्तानी सेवा संचालनमा ल्याएको छ ।

laxmi

बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका महाप्रबन्धक बलराम आचार्यले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

बैंकले सजिलो एकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यूआर कोड आउने नवीनतम प्रणालीको सुरुवात गरेको हो । जसमार्फत कम्प्युटरको स्कृनमै किउआर कोड स्क्यान गरी उपभोक्ताहरूले खरिद रकम भुक्तानी गर्न सक्ने छन् ।

फोन पेमा आबद्ध बैंकका ग्राहकले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाको इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाहरूबाट किउआर भुक्तानी सेवा प्रयोग गर्न सक्ने छन् ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्यूआरबाट भुक्तानी गर्ने हरूको संख्यामा समेत तीव्र रुपमा बृद्धि भई  डिजिटल कारोबारको माध्यमबाट  डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म देशभर ४१ हजार भन्दा बढी क्यूआर मर्चेन्टहरूबाट यस एनआइसी बैंकले  सेवा प्रदान गर्दै आइरहेको छ । 

त्यस्तै बैंकले मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई समेत देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ ।

बैंकले हाल  ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ७८ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL