Logo

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा, प्रिमियम रकम संकलन सहज

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बीमा संस्थानमा, प्रिमियम रकम संकलन सहज



काठमाडौं । नेपाल बैंकले राष्ट्रिय बीमा संस्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । नेपाल बैंक र राष्ट्रिय बीमा संस्थानबीच सो एक्स्टेन्सन काउन्टर संचालन गर्ने सम्झौता भएको हो । एक्स्टेन्सन काउन्टरमार्फत उक्त संस्थानका ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्य रहेको छ ।

laxmi

साथै संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा उपलब्ध गराउने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णबहादूर अधिकारी र संस्थानका तर्फबाट प्रमूख प्रशासक कविराज पाठकले हस्ताक्षर गरे ।

नेपाल बैंक लिमिटेडले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउन्टर, १४२ वटा एटिएम तथा अन्य विभिन्न विद्युतिय र डिजिलट माध्ययमबाट समेत आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL