Logo

सिद्धार्थ बैंकको जेन-जेड बचत खाता सञ्चालनमा, यस्ता छन् ग्राहकलाई सुविधा

सिद्धार्थ बैंकको जेन-जेड बचत खाता सञ्चालनमा, यस्ता छन् ग्राहकलाई सुविधा



काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले नयाँ पुस्तालाई लक्षित गर्दै ‘सिद्धार्थ जेन-जेड’ बचत खाता सञ्चालनमा ल्याएको छ । यस बचत खाता २५ वर्षसम्मका व्यक्तिले शून्य मौज्दातमै खोल्न सक्नेछन्। नाबालकको हकमा पनि यो खाता खोल्न सकिने बैंकले जनाएकाे छ ।

laxmi

बैंकका अनुसार सिद्धार्थ जेन-जेड बचत खाता अनलाइन मार्फत् पनि खोल्न सकिने, आकर्षक ब्याजदरसहितको सुविधा सम्पन्न प्रिमियम बचत खाता हो ।

यस खातामा ५ लाखरुपैयाँसम्मको पूर्ण शारीरिक अशक्तता/दुर्घटना मृत्यु बीमा सुविधासमेत प्रदान गरिनेछ । बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकहरुको खातामा न्युनतम मौज्दात १० हजार हुनुपर्नेछ ।

यस बचत खातामा ग्राहकहरुले प्राप्त गर्ने सुविधाहरू :
– डेबिट कार्ड (पहिलो २ वर्षका लागि)
– क्रेडिट कार्ड (पहिलो १ वर्षका लागि)
– इन्टरनेट बैैंकिङ्ग (पहिलो २ वर्षका लागि)
– मोबाईल बैैंकिङ्ग (पहिलो २ वर्षका लागि)
– डिम्याट/मेरो सेयर र सी/आस्वा (पहिलो २ वर्षका लागि)
– एसएमएस अलर्ट
– बैंकस्मार्टमा आइपिओ‚ एफपिओ र हकप्रद सेयररम्युचल फन्ड अलर्ट
– भाईबर बैैंकिङ्ग, एबिबिएस, खाताको स्टेटमेन्ट
– ई-कमर्स कारोबार (नेपालभित्रको लागि मात्र)
– कनेक्ट आइपिएस दर्ता

प्रतिक्रिया दिनुहोस्
MBL