Logo

किन अस्वभाविक रुपमा बढ्यो एनसीसी बैंकको सेयरमूल्य ?, नेप्सेले माग्यो स्पष्टिकरण

किन अस्वभाविक रुपमा बढ्यो एनसीसी बैंकको सेयरमूल्य ?, नेप्सेले माग्यो स्पष्टिकरण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पछिल्लो समय अस्वभाविक रुपमा सेयर मूल्य बढेको भन्दै नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकलाई स्पष्टिकरण सोधेको छ । गत ८ गतेसम्म स्वभाविक रुपमा कारोबार भईरहेको एनसीसी बैंकको सेयरमूल्य आईतबार नै अस्वभाविक रुपमा बढेपछि नेप्सेले स्पष्टिकरण सोधेको हो ।

laxmi

नेप्सेले आईतबार एक सूचना जारी गर्दै पछिल्लो समय सेयरमूल्य अस्वभाविक रुपमा बढ्नेगरी कुनै निर्णय वा सूचना निकालेको भए आफुलाई जानकारी गराउन निर्देशन दिएको छ । नेप्सेले उक्त कुराको जानकारी ३ दिनभित्र दिन बैंकलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL