इन्जिनियरहरुलाई मेगा बैंकले विशेष सुविधा प्रदान गर्ने, बैंक र नेपाल इन्जिनियर्स एसोसिएशनबीच सम्झौता


बिजखबर संवाददाता
21 January, 2021 3:36 pm

Mega-NEA-agreement

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एसोसिएशनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ ।

FoneLoan-250x250
yamaha
bajaj

मेगा बैंक नेपाल लिमिटेडकी सिईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एसोसियशनका अध्यक्ष इन्जिनियर प्रा।डा। त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार, इन्जिनियर्स एसोसियशनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन् । खाता खोल्दा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको व्यवस्था गरिएको मेगाले जनाएको छ ।

यसैगरी, इन्जिनियरहरुको पेशालाई सम्मान गर्दै बिना धितो १५ लाख रुपैयाँसम्म मेगा प्रोफेसनल लोन सुविधाका साथै अन्य विभिन्न सुविधाहरुको व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Connect_IPS