Logo

लक्ष्मी बैंक र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच सम्झौता, नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’ मार्फत बस टिकटको भुक्तानी

लक्ष्मी बैंक र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच सम्झौता, नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’ मार्फत बस टिकटको भुक्तानी



काठमाडौं । गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्थाको थालनी गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोर्ड’ मार्फत भुक्तानी गर्न मिल्ने गरी आइतबार सम्झौता गरिएको हो । सम्झौतापत्रमा प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवर र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरेका छन् ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले क्युआर कोर्डमार्फत हुने भुक्तानीलाई अभियानकै रुपमा अगाडि बढाइरहेको बेला नयाँबसपार्कमा पनि सो प्रणालीलाई अगाडि सारिएको हो । अब नयाँबसपार्कबाट बसको टिकट खरीद गर्दा यात्रुले मोबाइल मनी, पर्सबाट क्युआर स्क्यान गरी ‘फोन पे’ नेटवर्क अन्तर्गत भुक्तानी गर्न सक्नेछन् ।

बन्दाबन्दीको समयको सदुपयोग गर्दै विद्युतीय माध्यामको प्रयोगलाई अगाडि बढाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले ‘क्युआर कोर्ड’ मार्फत यात्रुलाई छिटो छरितो रुपमा भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको हो । प्रालिका अध्यक्ष कुँवरले महामारीको समयमा विद्युतीय प्रणाली मार्फत भुक्तानी गर्दा सबैलाई सहज हुने भएकाले यस प्रणालीलाई अगाडि सारेको बताए ।

काठमाडौँ महानगरपालिकाको २६ वडामा रहेको सो बसपार्कमा हाल दैनिक एक हजारदेखि एक हजार ५०० सार्वजनिक सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् । नयाँ बसपार्कबाट हाल देशभरका ५० भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएको प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले लक्ष्मी बैंकले धेरै रकमको कारोबार हुने अस्पताल, सपिङ मल, इन्टरनेट सेवा प्रदायक संस्थामा सो सेवालाई सञ्चालन गर्दै आएको जानकारी दिए । कोरोना महामारीपछि क्युआर कोर्ड मार्फत हुने भुक्तानीको प्रयोग बढ्दै गएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL