GBIME

सानिमा बैंकको नयाँ शाखा ललितपुरको महालक्ष्मी इमाडोलमा


बिजखबर संवाददाता
16 January, 2021 3:54 pm

sanima bank

ललितपुर । सानिमा बैंक लिमिटेडले ललितपुरको महालक्ष्मी इमाडोलमा नयाँ शाखा विस्तार गरेको छ । बैंकका ब्राण्ड प्रवर्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले उक्त शाखाको उद्घाटन गरेका छन् ।

NLIC
LAXMI

उद्घाटन समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी, सोही समारोहमार्फत सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL