Logo

हिमालयन बैंक र सिप्रदी ट्रेडिङ्बीच सम्झौता, टाटाका सवारी खरिदमा बैंकले सहुलियत कर्जा दिने

हिमालयन बैंक र सिप्रदी ट्रेडिङ्बीच सम्झौता, टाटाका सवारी खरिदमा बैंकले सहुलियत कर्जा दिने



काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग बीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकबाट सहजताका साथ सहुलियत दरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन ।

उक्त सम्झौता पत्रमा बैंकका मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रदी ट्रेडिङ्गका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् । हाल बैंकको देशभर रहेको ७० शाखाबाट नै सो कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL