Logo

स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी विकास बैंकबीच सम्झौता, कार्ड तथा भुक्तानी सेवामा सहकार्य गर्ने

स्मार्टच्वाइस टेक्नोलोजिज र सप्तकोशी विकास बैंकबीच सम्झौता, कार्ड तथा भुक्तानी सेवामा सहकार्य गर्ने



काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोली र सप्तकोशी डेभलपमेन्ट बैंकबीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच उक्त कम्पनी र बैंकबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता भएको हो ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यकासाथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समय देखि सर्वसाधारणलाई बैंकिङ सेवा पुर्याउँदै आएको मूलुकको बैकिङ क्षेत्रमा सुपरिचित सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिईएको छ । धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जाल मार्फत सर्वसाधारणलाई विविध बैकिङ सेवा सुविधा प्रदान गर्दै आएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिजसंगको सहकार्यबाट सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने बैंकको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
MBL