Logo

सेञ्चुरी बैंकका थप ७ नयाँ शाखा विस्तार, भर्चुअल माध्यमबाट उद्घाटन

सेञ्चुरी बैंकका थप ७ नयाँ शाखा विस्तार, भर्चुअल माध्यमबाट उद्घाटन



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले एकैदिन ७ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले मंगलबार उक्त ७ नयाँ शाखाहरुको भर्चुअल उद्घाटन गरेको हो ।

laxmi

बंैकको ७ वटा नयाँ शाखाहरुमध्ये बाँके जिल्ला, कोहलपुर शाखाको बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठबाट र मुस्ताङ जिल्ला, लेते शाखाको बैंकको सञ्चालक समितिका सदस्य डा. गीता प्रधानबाट उद्घाटन भएको हो ।

यस्तै ललितपुर जिल्ला, भोलढोका, बालकुमारी शाखाको बैंकको सञ्चालक समितिका सदस्य राजेशराज दलीबाट, काठमाण्डौं जिल्ला, कपन शाखाको बैंकको सञ्चालक समितिका सदस्य अभिषेक बज्राचार्यबाट, काठमाण्डौं जिल्ला, नरेफाट शाखाको बैंकको सञ्चालक समितिका सदस्य महेश कुमार अग्रवालबाट, भक्तपुर जिल्ला, सुकुलढोका शाखाको बैंकको सञ्चालक समितिका सदस्य सुनील कुमार न्यौपानेबाट र काठमाण्डौं जिल्ला, टोखा शाखाको बैंकको सञ्चालक समितिका सदस्य उमा कुमारी श्रेष्ठबाट भर्चुअल माध्यमबाट औपचारिक उद्घाटन भएको हो । उक्त आधिकारीक भर्चुअल उद्घाटन पश्चात बैंकको शाखा संजाल १ सय २० पुगेको छ ।

सबै क्षेत्रसम्म बैकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL