Logo

सनराइज बैंक र सानीभेरी गाउँपालिकाबीच समझदारी, कृषि तथा सहुलियतपूर्ण कर्जा दिने

सनराइज बैंक र सानीभेरी गाउँपालिकाबीच समझदारी, कृषि तथा सहुलियतपूर्ण कर्जा दिने



काठमाडौं । सन्राइज बैंक लिमिटेड तथा सानीभेरी गा.पा. बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सनराइज बैंक लिमिटेडको केन्द्रीय कार्यालय गैह्रीधारामा भएको उक्त हस्ताक्षर कार्यक्रम सानीभेरी गा.पा.द्वारा अनुरोध÷सिफारीस गरिएका संभाब्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो ।

laxmi

सम्झौता रुकुम (पश्चिम) का सभासद जनार्दन शर्मा, बैंक संचालक समितीका अध्यक्ष मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको समुपस्थितीमा भएको हो । उक्त समझदारी पश्चात् सानीभेरी गा.पा.द्धारा सिफारिस गरिएका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन् ।

समझदारीपत्रमा सन्राइज बैंक लिमिटेडका तर्फबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा बिभागका प्रमूख श्री दिपक पण्डित तथा सानीभेरी गा.पा.का तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL