Logo

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट जावलाखेलमा, सेवाग्राहीलाई सहज सेवाको प्रतिबद्धता

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट जावलाखेलमा, सेवाग्राहीलाई सहज सेवाको प्रतिबद्धता



काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरस्थित जावलाखेलमा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ ।

बैंकले जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटहरुबाट बैंकिङ सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ ।

सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकले ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL