Logo

मार्जिन लेण्डिङको सीमा घटाउने राष्ट्र बैंकको निर्णय, पूँजी बजारमा जथाभावी रुपमा लगानी भएको भन्दै ट्रिपल कैँची लगाउने तयारी

मार्जिन लेण्डिङको सीमा घटाउने राष्ट्र बैंकको निर्णय, पूँजी बजारमा जथाभावी रुपमा लगानी भएको भन्दै ट्रिपल कैँची लगाउने तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लेण्डिङ) को सीमा घटाउने भएको छ । पछिल्लो समय बैंकले सेयर कर्जामा जथाभावी रुपमा कर्जा प्रदान गर्न थालेपछि राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षामार्फ सेयर कर्जाको सीमा घटाउने निर्णय गरेको हो ।

राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष कर्जा, सेयर धितो कर्जा तथा रियलस्टेट कर्जा सम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिने उल्लेख गरेको छ । यी तिनै क्षेत्रमा प्रबाह गरिएको कर्जाको सहि सदुपयोग नभएको र त्यसले वित्तीय अवस्थामै खलल ल्याउन सक्ने भन्दै राष्ट्र बैंकले त्यसमा कडाई गर्ने निर्णय गरेको हो ।

हाल बैंक वित्तीय क्षेत्रको धेरैजसो कर्जा मार्जिन लेण्डिङमा प्रबाह भएको देखिएको र त्यसले आगामी दिनमा लगानीकर्ता फस्नुका साथै बजार घट्दा बैंकहरुनै जोमिमा पर्ने सम्भावना उच्च रहेकाले त्यसलाई कडाई गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले जानकारी दिए । तर यस विषयमा के कति घटाउने वा कडाई गर्ने भन्ने विषयमा नियमन विभागले अध्ययन गरेर केही दिनभित्रै सर्कुलर जारी गर्ने समेत उनले जानकारी दिए ।

साथै राष्ट्र बैंक स्रोतका अनुसार मार्जिन लेण्डिङमा ३ तरिकाबाट कडाई गरिने भएको छ । सेयर धितो कर्जा प्रबाहलाई कम गर्न मार्जिन लेण्डिङको यस अघिको ७० प्रतिशतको सीमा घटाईने भएको छ । यसैगरी राष्ट्र बैंकले यस अघि बैंकहरुले कोर क्यापिटलको २५ प्रतिशतको सीमालाई बढाएर ४० प्रतिशतसम्म सेयर धितो कर्जामा लगानी गर्न मिल्ने व्यवस्था गरेको थियो । तर अबका दिनमा त्यसलाई समेत घटाईने भएको छ ।

यसुैगरी राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिमार्फत सेयर धितो दिदा १८० दिनको मुल्य गणना अनुपातलाई घटाएर १२० दिनमा झारेको थियो । तर अबका दिनमा त्यसलाई समेत पुरानै अवस्थामा ल्याउने तयारी गरिएको उक्त स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL