Logo

कामना सेवा बैंक कर दिवसको अवसरमा उत्कृष्ट करदाताको रुपमा सम्मानित

कामना सेवा बैंक कर दिवसको अवसरमा उत्कृष्ट करदाताको रुपमा सम्मानित



काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७६र२०७७ मा मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । कर दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आन्तरिक राजस्व विभागद्वारा मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना सेवा विकास बैंकलाई उक्त मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको हो ।

laxmi

बैंकले आव २०७४र०७५ मा पनि आन्तरिक राजस्व विभागद्वारा सबैभन्दा बढी आयकर दाखिला गरेवापत सो सम्मान प्राप्त गरिसकेको छ । आन्तरिक राजस्व विभागद्वारा हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसर पारेर विभिन्न विधाहरुमा कदर स्वरुप उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गर्दै आइरहेको छ ।

राज्यप्रतिको जिम्मेवारी बोध गर्दै बैंकले आगामी दिनहरुमा सरकारप्रतिको दायित्वलाई अक्षरस पालना गर्दै सरकारले राष्ट्रको निर्माणमा लिएको संकल्प समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारालाई योगदान पु¥याउने लक्ष्य सहित स्थापित यस बैंकलाई राज्यद्वारा प्रदान गरिएको गरिमामय सम्मानले अझ बढि हौसला प्रदान गर्ने र आगामी दिनमा एक अब्वल विकास बैंक बन्नमा समेत सहयोग पुग्ने विश्वास छ ।

बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएममार्फत ग्राहकलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन अकाउन्ट ओपनिङ, सी एएसबीए र सोसल मिडिया बैंकिङलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL