नेपाल इन्फ्रास्ट्रक्चर बैंक आन्तरिक राजस्व कार्यालयबाट सम्मानित, सबैभन्दा बढी आयकर बुझाएवापत सम्मान पत्र


बिजखबर संवाददाता
22 November, 2020 4:19 pm

nepal infrstacture bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड सम्मानित भएको छ । आइतबार आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा आयोजित नवौं राष्ट्रिय कर दिवस २०७७ विशेष कार्यक्रममा उक्त कार्यालयले आफ्नो क्षेत्राधिकारका करदाता मध्ये आ.व.२०७६÷७७ मा सबैभन्दा बढी आयकर बुझाउनेसम्मान–पत्र प्रदान गरी कदर गरेको हो ।

FoneLoan-250x250
Yamaha
bajaj

उक्त सम्मान–पत्र आन्तरिक राजश्व कार्यालय नयाँ बानेश्वरका प्रमुख कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेयले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका थिए ।

दीर्घकालिन स्रोत संकलन मार्फत देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले गत मंसिर ३ गते दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी नियमनकारी निकायको स्वीकृति पश्चात निष्काशन हुने गरी जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा रु. आठ अर्ब रुपैंयाको शेयर संख्या आठ करोड सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्