Logo

सेञ्चुरी बैंकले सुरू गर्यो सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट, घरमै बसेर शुन्य मौज्दातमा खाता खोल्न सकिने

सेञ्चुरी बैंकले सुरू गर्यो सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट, घरमै बसेर शुन्य मौज्दातमा खाता खोल्न सकिने



काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लीक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरू गरेकाे छ । काेभिड १९ को कारणले गर्दा बैंकका सेवाग्राहिहरुलाई पर्न गएको विभिन्न बैंकिङ्ग समस्याको समाधानको निम्ति सेन्चुरी बैंकले साे सेवा सुचारू गरेकाे हाे ।

ग्राहकहरुले घरमै बसेर शुन्य मौज्दातमा खोलिने उक्त खाताहरुमा बैंकले वार्षिक ५.५० % को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्ने बैंकले जनाएकाे छ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरु Digitally खुल्ने र ग्राहकहरु बैंकमा उपस्थित हुन नपर्ने हुँदा Digital Banking लाई प्राथमिकता दिँदै उक्त बचत खाताहरुमा प्रवर्द्धनको निम्ति बढि ब्याजदर दिइएको हो ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी Century Pay मार्फत Wallet को कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवा मार्फत ग्राहकवर्गहरुले विभिन्न डिजिटल माध्यमबाट प्रति दिन रु. ५,००० बराबर Cash Less कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक रु. १,००,००० सम्म कारोवार गर्न सकिनेछ ।

सेञ्चुरी क्लीक एकाउन्टमा नयाँ ग्राहकले अनलाइन बाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक रु. १५,००,००० सम्म कारोवार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरि बैंकले यो खाता संचालनमा ल्याएको हो ।

उक्त खाताहरु खोल्दा आवश्यक Verification code बैंकले आधिकारिक मोबाइलमा वा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र सञ्चालन गर्न सकिनेछ ।

बैंकको अनलाइन एकाउन्ट सेवा https://onlineaccount.centurybank.com.np/ बाट लिन सकिने बैंकले जनाएकाे छ

प्रतिक्रिया दिनुहोस्
MBL