Logo

फूलपातीदेखि कात्तिक ११ गतेसम्म बैंकका शाखाहरु बन्द हुने, डिजिटल बैंकिङको प्रयोग गर्न आग्रह

फूलपातीदेखि कात्तिक ११ गतेसम्म बैंकका शाखाहरु बन्द हुने, डिजिटल बैंकिङको प्रयोग गर्न आग्रह



काठमाडौं । नेपाल बैंकर्स एशोसिएसनले शुक्रबारदेखि ५ दिन बैंकहरुका शाखा बन्द गर्ने बताएको छ । प्रतिदिन बढिरहेको कोरोना भाईरस संक्रमण र दशै विदाको अवसरमा संघले आफुसम्बद्ध बैंकका शाखाहरु बन्द गर्ने बताएको हो ।

laxmi

कात्तिक ७ गते फूलपातीदेखि कात्तिक ११ गतेसम्म बैंकका शाखाहरु बन्द हुने छन्। संघका अनुसार, वाणिज्य बैंकहरुका करिब ३ हजार ७ सयभन्दा बढी कर्मचारी संक्रमित छन्। संघले डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ। साथै एटीएम पनि सञ्चालन हुनेछ।

संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL