एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई ऋण प्रदान गर्ने, बैंक र नगरपालिकाबीच सम्झौता


बिजखबर संवाददाता
18 October, 2020 7:45 pm

एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका कृषकलाई कृषिऋण प्रदान गर्ने, बैंक र नगरपालिकाबीच सम्झौता

काठमाडौँ । एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका कृषकहरुलार्य कृषिऋण प्रदान गर्नेगरी पाँचखाल नगरपालिकासँग सम्झौता गरेको छ । बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा पाँचखाल नगरपालिकासँग उक्त सम्झौता गरेको हो ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj
yamaha

उक्त सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउनेछ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले बैंकका अन्य वरिष्ठ अधिकारीहरुको उपस्थितिकबीच हस्ताक्षर गरेका छन् ।

Nabil_bank

बैंकले आफ्नो वृहत सञ्जाल मार्फत अत्याधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल बैंकको ७ अ ोटै प्रदेश्मा गरी ९८ शाखा कार्यालय , ३० राज्वस्व सङ्कलन काउन्टर तथा १ सय २९ स्थानमा एटिएम सेवा संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्