Logo

नबिल बैंकले ल्यायो कोरोना जित्ने सन्देश समेटिएको सूचनामूलक भिडियो

नबिल बैंकले ल्यायो कोरोना जित्ने सन्देश समेटिएको सूचनामूलक भिडियो



काठमाडौं । नबिल बैंकले कोरोना भाइरस सम्बन्धित सूचनामूलक भिडियो सार्वजनिक गरेको छ । कोरोनालाई कसरी जित्न सकिन्छ भन्ने सन्देश बोकेको उक्त भिडियो बैंकले घटस्थापनाका अवसरमा शनिबार सार्वजनिक गरेको हो ।

कोरोना संक्रमित भएपछि र दशैँको सन्दर्भलाई लिएर निर्माण गरेको भिडियोले कोरोना संक्रमित भए पनि सजिलै जित्न सकिने सन्देश दिएको नबिल बैंकका प्रबन्धक कृष्ण सुवेदीले जानकारी दिए ।

‘कोरोना भाइरसले बैंकका कर्मचारीहरुसँगै ग्राहकहरु पनि संक्रमित भइरहेका छन्’ उनले भने- ‘संक्रमितको आत्मबल बलियो बनाउन र कोरोनालाई सजिलै जित्न सकिन्छ भन्ने सन्देश दिन भिडियो बनाएका हौं ।

आफ्ना सेवाग्राहीलाई सामाजिक सन्देश दिनुपर्छ भन्ने लागेर नबिल टिमले यो भिडियो तयार गरेकाृ उनको भनाई छ । उनले यस्ता सन्देश मूलक भिडियो आगामी दिनहरुमा पनि निर्माण गर्ने योजना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL