Logo

एनएमबी बैंक र किआ कन्टिनेन्टल ट्रेडिङबीच समझदारी, बैंकले सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र ‘अटो लोन’ प्रवाह गर्ने

एनएमबी बैंक र किआ कन्टिनेन्टल ट्रेडिङबीच समझदारी, बैंकले सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र ‘अटो लोन’ प्रवाह गर्ने



काठमाडौं । एनएमबि बैंक लिमिटेड र नेपालमा किया अटोमोबाइलको वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राईजिङ्ग बीच किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङ्गको रुपमा सहज कार्यान्वयनको लागी द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिङ एन्टरप्राइजेजका तर्फबाट निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरे ।

उक्त साझेदारीको प्रावधान अनुरुप एनएमबि बैंकले कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेजद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता ग्राहकहरुलाई प्रदान गरिएको छ ।

दुबै संगठनहरूले संयुक्त रूपमा साझेदारीलाई बढावा दिनेछन् र ग्राहकसँगको अन्तक्रियाले ब्रान्ड भ्यालु बढाउन ग्राहकको अनुभव बढाउन सुनिश्चितता गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL