Logo

कामना बैंक र अजिरा विल्डर्सबीच सम्झौता सम्पन्न, अजिराबाट सिफारिस ग्राहकलाई सरल तरिकाबाट घर कर्जा

कामना बैंक र अजिरा विल्डर्सबीच सम्झौता सम्पन्न, अजिराबाट सिफारिस ग्राहकलाई सरल तरिकाबाट घर कर्जा



काठमाडौं । कामना सेवा विकास बैंक र अजिरा विल्डर्स एण्ड कन्ट्रयाक्टर्सबीच व्यावसायिक सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

laxmi

यो सम्झौतापछि बैंक तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनहरुको पालना गरी अजिराबाट सिफारिस भइ आएका ग्राहकहरुलाई बैंकले सरल तरिकाबाट आफ्ना १२४ वटै शाखाबाट घर कर्जा प्रदान गर्ने भएको छ ।

यसबाट ‘आफ्नै व्यक्तिगत घर होस’ भन्ने सपना बोकेका ग्राहकको अभिलासा पुरा गर्न सहज हुने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

यस समझदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र अजिरा बिल्डर्स एण्ड कन्ट्रयाक्टर्सका प्रबन्ध निर्देशक अनुप ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL