Logo

नबिल सेयर लोनको शुरुवात, ७.७५ प्रतिशत ब्याजदरमा सजिलै सेयर कर्जा पाइने

नबिल सेयर लोनको शुरुवात, ७.७५ प्रतिशत ब्याजदरमा सजिलै सेयर कर्जा पाइने



काठमाडौं । नबिल बैंकले नेपाल धितोपत्र बजार नेप्सेमा कारोबार हुने सेयरहरु धितो राखी सस्तो ब्याजदरमा सजिलै सेयर धितोकर्जा उपलब्ध गराउने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै बैंकले सो कुराको जानकारी दिएको हो ।

बैंककाअनुसार रु ५० लाख अथवा सोभन्दा बढीको नबिल सेयर कर्जा वार्षिक ७.७५ प्रतिशतको आकर्षक ब्याजदरमा उपलब्ध छ । बैंकले आगामी बडादशैंको अवसरमा राष्ट्र बैंकको मार्ग निर्देशनभित्र रहेर नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट सेयर धितो कर्जा प्राप्त गर्न सकिने जनाएको छ ।

नबिल बैंक निजी क्षेत्रको अग्रणी बैंक हो । यसका देशभर ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो ।

साथै यसले नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL