Logo

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित

एनआईसी एशिया बैंकका अध्यक्ष अग्रवाल ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित



काठमाडौँ । एनआईसी एशिया बैंकका अध्यक्ष ‘प्रबल जनसेवा श्री चतुर्थ’ बाट विभूषित गरिने भएका छन् । बैंकका सञ्चालक समितिका अध्यक्ष तथा विशाल ग्रुपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई संविधान दिवस २०७७ को अवसरमा राष्ट्रपतिले ‘प्रबल जनसेवा श्री चतुर्थ’ द्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् ।

अग्रवालले पाँच दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रूपमा एक सफल उद्योगी व्यवसायीको रूपमा राष्ट्रको सर्वाङ्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउँदै आएका छन् ।

साथै उनी हाल विशाल ग्रुपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका छन् ।

यस्तै उनले भिजी फाउण्डेसनमार्फत समाजको हित रक्षाको लागि समेत उल्लेख्य कार्य गर्दै आएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL