ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर बाग्लुङको बलेवामा, काउन्टर संख्या ४३ पुग्यो


बिजखबर संवाददाता
13 September, 2020 5:33 pm

ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउण्टर बाग्लुङको बलेवामा, काउन्टर संख्या ४३ पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार बाग्लुङको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका वडा नं. १४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj

एक्सटेन्सन काउण्टरको उद्घाटन बाग्लुङ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. सूर्य पाठकले गरेका हुन् । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सहित २३४ एटिएम, ४३ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २१९ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्