Logo

कामना सेवा विकास बैंकको विविध सेवा अब घरबाटै लिन सकिने, सोसल मिडिया बैंकिङ प्लेटमर्फ को शुभारम्भ

कामना सेवा विकास बैंकको विविध सेवा अब घरबाटै लिन सकिने, सोसल मिडिया बैंकिङ प्लेटमर्फ को शुभारम्भ



काठमाडौँ । कामना सेवा विकास बैंकका ग्राहकहरुले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जर जस्ता सामाजिक सञ्जालको माध्यमद्वारा खाता खोल्ने, केवाईसी अपडेट गर्ने , चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौताको विवरण जस्ता जानकारी घरमै बसेर थाहा पाउन सकिने बैंकले जनाएको छ ।

laxmi

बैंकका अध्यक्ष सुदिप आचार्यले शुक्रबार कामना सेवा विकास बैंक ‘सोसल मिडिया बैंकिङ प्लेटमर्फ’ को शुभारम्भ गरेका हुन् ।

भाईबरको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्न ग्राहकहरुले बैंकले प्रदान गरेको किउआर कोड स्क्यान गर्नु पर्ने हुन्छ भने फेसबुकको माध्यमबाट यि सुविधाहरु प्राप्त गर्नको लागि बैंकको फेसबुक पेज सर्च गरी मेसेज पठाऊनु पर्ने हुन्छ । कोरोनाको महामारीका बीच सुरु गरिएको सो सेवा प्रभावकारी बन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL