Logo

सिद्धार्थ र नेपाल आवास मर्जरमा जाने, मर्जसँगै कारोवारमा सवैभन्दा अगाडी

सिद्धार्थ र नेपाल आवास मर्जरमा जाने, मर्जसँगै कारोवारमा सवैभन्दा अगाडी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ असोज, काठमाडौं । सिद्धार्थ डेमलपमेण्ट बैेंक र नेपाल आवास फाइनान्स लिमिटेड एक आपसमा गाभिने भएका छन् । मंगलबार यी दुवै संस्थाबीच मर्जर संझौता भएको सिद्धार्थ डेभलपमेण्ट बैकका प्रमुख कार्यकारी अघिकृत अजय मिश्रले जानकारी दिए । नेपाल आवास नेपालको पहिलो फाइनान्स कम्पनी हो । यसअघि सिद्धार्थ डेभलपमेण्ट बैंकले एकता विकास बैंकसँग पनि मर्जर सम्झौता गरेको थियो ।

मर्जर सम्बन्धि सम्झौतापत्रमा सिद्धार्थका तर्फबाट मर्जर समिति संयोजक तथा सञ्चालक रामवहादुर भण्डारी र नेपाल आवासका अध्यक्ष दामोदर सापकोटाले हस्ताक्षर गरेका हुन् । मर्जरसँगै संस्थाको चुक्ता पुँजी १ अर्ब ४ करोड रुपैयाँ पुग्ने छ भने जगेडा कोषमा ३२ करोड ७६ लाख पुग्ने छ । मर्जर सम्झौतासँगै विकास बैंक क्षेत्रमा सवैभन्दा ठूलो कारोेवार भएको बैंकमा सिद्धार्थ अग्रपंत्तिमा रहेको समेत मिश्रले बताए ।

हाल सिद्धार्थ डेभलपमेण्ट बैंकको कुल निक्षेप ९ अर्ब २६ करोड छ भने नेपाल आवासको ५४ करोड रुपैयाँ रहेको छ । यसैगरी सिद्धार्थको खुद मुनाफा २० करोड ९४ लाख रुपैयाँ छ भने नेपाल आवासकोे १ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL