Logo

कृषि विकास बैंकले कोरोना कहरबीच पनि कमायो ३ अर्ब ४६ करोड नाफा, ११ प्रतिशत लाभांस दिन सक्ने

कृषि विकास बैंकले कोरोना कहरबीच पनि कमायो ३ अर्ब ४६ करोड नाफा, ११ प्रतिशत लाभांस दिन सक्ने



काठमाडौं । कृषि विकास बैंकले गत वर्ष ३ अर्ब ४६ करोड रुपैयाँ खुख नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५ ७६ मा भने ४ अर्ब १९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

laxmi

कृषि विकास बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६६ करोड रुपैयाँ वितरण योग्य मुनाफा कमाएको देखिन्छ । १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले ११ दशमलव ०८ प्रतिशत लाभांश दिन सक्छ । कोरोना महामारीका बीचमा पनि बैंकले निक्षेप संकलन र कर्जा लगानीमा भने व्यापक मात्रामा वृद्धि गरेको देखिन्छ । आव २०७५।६६ मा १ खर्ब १८ अर्ब निक्षेप संकलन गरेको बैंकले गत आवमा त्यसलाई बढाएर १ खर्ब ४३ अर्ब पुर्याएको छ ।

त्यस्तै, कर्जा लगानी पनि १ खर्ब ८ अर्बबाट बढाएर १ खर्ब २३ अर्ब पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी भने ६ अर्ब २३ करोड रुपैयाँ छ । १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

प्रति सेयर आम्दानी ३२ दशमलव ८८ रुपैयाँ रहेको बैंकको प्रति सेयर खुद मूल्य २ सय ३७ दशमलव ५४ रुपैयाँ छ । बैंकको स्प्रेड दर ४ दशमलव ४४ प्रतिशत, आधार ब्याजदर ९ दशमलव २६ प्रतिशत, सीडी रेसियो ६६ दशमलव ३१ प्रतिशत, कस्ट अफ फण्ड ६ दशमलव ४० प्रतिशत रहेको छ । बैंकको खराब कर्जा पनि ३ दशमलव २९ प्रतिशतबाट घटेर २ दशमलव ७१ प्रतिशतमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL