Logo

मुक्तिनाथ विकास बैंकले गर्यो विभिन्न व्यवसायिक संस्थाहरुसंग सहकार्य, ग्राहकहरुलाई छुटको अवसर

मुक्तिनाथ विकास बैंकले गर्यो विभिन्न व्यवसायिक संस्थाहरुसंग सहकार्य, ग्राहकहरुलाई छुटको अवसर



काठमाडौ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

laxmi

बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जसअन्तर्गत, नेपमिड्स अनलाईन फार्मेसी, ईजी केयर अनलाईन फार्मेसी, अल्मा आर्टिस (वाच कम्पनी), बाजेको सेकुवा रहेका छन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १५ प्रतिसत सम्मको छुट पाउने व्यवस्था गरिएको छ ।

बैंकले ब्यालेन्स सर्टिफिकेट, चेक बुक, गुडफर मिेन्ट चेक जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निःशुल्क गरेको छ । साथै बैंकको ग्राहकले भिसा नेटर्वक अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट बिना शुल्क रकम झिक्न सकिने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL