Logo

बैंकको वित्तीय विवरणमा कोराना असर, सिद्धार्थ बैंकको नाफा घट्दा इपीएस खुम्चियो

बैंकको वित्तीय विवरणमा कोराना असर, सिद्धार्थ बैंकको नाफा घट्दा इपीएस खुम्चियो



काठमाडौं । सिद्धार्थ बैंकको नाफामा गिरावट आएको छ । आर्थिक बर्ष २०७५/७६ को तुलनामा गत आबमा बैंकको नाफामा १६ करोड ४९ लाख रुपैयाँले गिरावट आएको हो ।

laxmi

बैंकले आज प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणअनुगा गत अबमा २ अर्ब ९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकि आब २०७५/७६ मा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । नियामकिय निकायको व्यवस्था अनुसार बैंकको गत आबका वितरणयोग्य मुनाफा भने ८६ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

सो अबधिमा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँले घट्दै २१ रुपैयाँ ३८ पैसामा खुम्चिएको छ । चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २४ करोड ३३ लाख रुपैयाँ रहेको छ ।

गत आबसम्ममा बैंकले १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २३ अर्ब ४४ करोड कर्जा प्रवाह गरेको छ । सो अबधिमा बैंकको कर्मचारी र संचालन खर्च बढ्न पुगेको छ । तर, खुद ब्याज आम्दानी, शुल्क कमिसन आयमा भने वृद्धि भएको छ ।

सो अबधिमा बैंकको खराब कर्जा बढेर १ दशमलव ५६ प्रतिशत पुगेको छ । अघिल्लो आबमा बैंकको यस्तो कर्जा ०.७५ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL