Logo

ग्लोबल आइएमई बैंकको शाखा मुगुको गमगढीमा, शाखा संख्या २५८ पुग्यो

ग्लोबल आइएमई बैंकको शाखा मुगुको गमगढीमा, शाखा संख्या २५८ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मुगु जिल्लाको गमगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।

laxmi

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर, राजश्व संकलन काउण्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरु माझ बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले ७१ वटा जिल्लामा फैलिएको २५८ शाखा सञ्जालसहित २३४ एटिएम, ३९ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २०३ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधिर सम्पर्क कार्यालयमार्फत आफ्ना २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL