Logo

सनराईज बैंक संचालक समितिको एकमत, सीईओ शर्माले राजिनामा नदिएपछि मंगलबार बस्ने बोर्डले बर्खास्ती गर्ने

सनराईज बैंक संचालक समितिको एकमत, सीईओ शर्माले राजिनामा नदिएपछि मंगलबार बस्ने बोर्डले बर्खास्ती गर्ने



काठमाडौं । सनराईज बैंक संचालक समिति र प्रमुख कार्यकारी अधिकृतबीचको विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो समय संचालक समिति र सीईओबीच विवाद बढ्दै गएपछि सीईओ शर्मालाई राजिनामा दिन अल्टिमेटम दिएको थियो । तर सीईआले संचालक समितिको सल्लाह अनुरुप राजिनामा नदिएपछि हटाउने तयारी गरेको बैंक स्रोतले जानकारी दिएको छ ।

बैंक स्रोतका अनुसार सीईओ शर्माले आफुखुसी बैंक संचालन गर्न थालेपछि व्यवस्थापन संचालकबीच विवाद चर्किएको थियो । तर पटक पटक भन्दपनि सीईओले आफ्नो कार्यशैली नसच्याएपछि बैंकका अध्यक्ष सहित सातैजान संचालक समितिको सहमतिमै सीईओलाई बर्खास्ती गर्न लागिएको बैंक स्रोतको दावी रहेको छ । यस अघि बैंक संचालक समितिका अध्यक्ष मोतीलाल दुगडले सीइओ शर्मालाई साथ दिएपनि पछिल्लो समय हटाउनका लागि उनी पनि सहमत भएको बैंक स्रोतको भनाई रहेको छ ।

‘अब आउने मंगलबार बैंक संचालक समितिको मंगलबार बैंठक बस्दै छ,’ बैंक स्रोतले भन्यो, ‘उक्त समयभन्दा अघि राजिनामा नदिए उक्त बैंठकले बर्खास्ती नै गर्ने तयारी गरेको छ ।’ उनलाई राजिना दिन आग्रह गरिएपनि नमानेपछि संचालक समितिले ६ बुँदे स्पष्टिकरण सोधेर बर्खास्ती गर्न लागेको जानकारी दिएको छ ।

पछिल्लो समय सीइओ शर्माले अनावश्यक रुपमा आफुखुसी कर्मचारी भर्ना गरेको, भाखा नाघेका कर्जाको पनि कानुन विपरित समय थप गर्ने जस्ता काम गरेको भन्दै बैंक संचालक समिति सीईओ शर्मासँग रुष्ट बन्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL