Logo

सनराईज बैंक काण्ड : सीईओलाई राजिनामा दिन अल्टिमेटम, राजिनामा नदिए अध्यक्ष नै हटाउने तयारी

सनराईज बैंक काण्ड : सीईओलाई राजिनामा दिन अल्टिमेटम, राजिनामा नदिए अध्यक्ष नै हटाउने तयारी


बिजखबर संवाददाता
30.8k
Shares

काठमाडौं । सनराईज बैंकका अध्यक्ष मोतीलाल दुगड र प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलबीचको अनैतिक क्रियाकलापका कारण बैंकनै धराशायी अवस्थामा पुग्न लागेको भन्दै संचालक समितिले सीईओलाई तत्काल राजिनामा दिन अल्टिमेटम दिन निर्देशन दिएको छ ।

laxmi

पछिल्लो समय दुई जनाको सहमतिमै बैंकका महत्वपूर्ण निर्णयहरु संचालक समितिमै नलगिकन गैर कानूनी तरिकाबाट निर्णय हुन थालेपछि अन्य संचालनहरुले सीईओ शर्मालाई भोली (शनिवार)सम्मको समयसीमा दिएर राजिनामा दिन निर्देशन दिएको बैंक व्यवस्थापन स्रोतले जानकारी दिएको छ ।

‘अन्य संचालकहरुले सीईओ शर्मालाई भोलीसम्म पदबाट राजिनामा दिन निर्देशन दिनुभएको छ,’ बैंक उच्च व्यवस्थापन स्रोतले भन्यो, ‘यदि भोलीसम्म सीईओ सरले राजिनामा नदिएको खण्डमा संचालक समितिको बहुमत निर्णयबाट अध्यक्ष र सीईओ दुबैलाई हटाउने चेतावनी दिनुभएको छ ।’

विशेषगरी पछिल्लो समय अध्यक्ष र सीईओमा मिलेमत्तोमा बैंक तथा सेयरधनीको स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थ केन्द्रित रहेर काम गर्न थालेपछि विवाद चर्किएको थियो । ‘पछिल्लो समय बैंकमा सीईओ र अध्यक्षको मिलेमत्तोमा कमसल धितोमा कर्जा प्रबाह गर्ने र उठाउनु पर्ने कर्जाको पनि विना आधार भाका सार्ने काम गर्दै आउनु भएको छ,’ व्यवस्थापन स्रोतले भन्यो, ‘सीआई र अध्यक्षको विशेष सम्बन्धका कारण आफुलाई फाइदा हुनेगरी निर्णय गर्दा बैंक नै धराशायी हुने अवस्थामा पुगेपछि संचालकहरुले सीईओलाई तत्काल राजिनामा दिन अल्टिमेटन दिनुभएको हो ।’

लाखौं सेयरधनी रहेको बैंकमा दुई जनाको मात्र स्वार्थमा निर्णय हुन थालेपछि यसले दिर्घकालिन असर पुर्याउने भन्दै अध्यक्ष बाहेक मालचन्द दुगड, शैलेन्द्र गुरागाईँ, बच्चराज टाटरलगायत सबै संचालकहरुले सीईओलाई तत्काल पदबाट राजिनामा दिन अल्टिमेटम दिएका हुन् ।

तर, बैंक व्यवस्थापन स्रोतका अनुसार भने सीईओ शर्माले आज शुक्रबार दिनभर काम गरेर अन्तिम समयमा राजिनामा दिएर बाहिरिने मनस्थितीमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL