Logo

सिद्धार्थ बैंकको नयाँ शाखा नरेफाँटमा, सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने

सिद्धार्थ बैंकको नयाँ शाखा नरेफाँटमा, सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने



काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बुधबारदेखि काठमाडौंस्थित नरेफाँटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

laxmi

बैंकले नरेफाँट क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।


अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै शाखाहरुबाट बैंकिङ सेवा तथा सुविधाहरु निरन्तर प्रदान गरी रहेको छ ।

सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ्ग), एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ३०० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको उनो क्रेडिट कार्ड जस्ता सेवामार्फत् बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंक ग्राहकवर्गहरुको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL