Logo

कामना सेवा र रेमिट टु नेपाल बिच रेमिट्यान्स सम्झौता¸ ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने

कामना सेवा र रेमिट टु नेपाल बिच रेमिट्यान्स सम्झौता¸ ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने



काठमाडौं । कामना सेवा विकास बैंक लि. र स्वदेश तथा विभिन्न देशहरुममा रेमिट्यान्स कारोबार गर्दै आइरहेको रेमिट टु नेपाल बिच एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको छ ।

बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा रेमिट टु नेपालका तर्फबाट माहाप्रबन्धक सन्तोष भेटुवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका ह्ुन् । ‘प्रगतिको आधार कामना सेवा सँग कारोबार’ भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले यस बाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने अपेक्षा रहेको बताएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा ब्त्ः मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबिबिएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सिआस्वा, अनलाइन एकाउन्ट ओपनिङ, अनलाइन लोन एप्लिकेसनलगायतका विभिन्न माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL