Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, श्वेता श्री फाउन्डेसनलाई ५ लाख सहयोग

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, श्वेता श्री फाउन्डेसनलाई ५ लाख सहयोग



काठमाडौं । सनराइज बैंकले सिन्धुपाल्चोकको भुकम्प पिडित माझीहरुलाई एकिकृत बस्ती निर्माण गर्दै आएको श्वेता श्री फाउंडेशनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त फाउन्डेसनलाई आर्थिक सहयोग गरेको हो ।

laxmi

शुक्रबार एक कार्यक्रमको बिच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेता श्री फाउंडेशनलाई चेक हस्तान्तरण गर्दै फाउंडेशनले गरेको कामको प्रशंसा समेत गरेका छन् ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृतले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९को कठिन घडिमा पनि यस्ता कार्य गर्दै आएको बताए । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गरिरहने जनाउनु भएको छ । यस्तै नायिका श्वेता खड्काले फाउंडेशनलाई विश्वास गरेकोमा सन्राइज बैंक प्रति कृतज्ञता जनाईन ।

सो फाउंडेशनले स्वर्गिय नायक श्री कृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ फाल्गुन १५ देखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरु निमार्ण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL