Logo

मेगा बैंकका ग्राहकलाई रिचार्जरमार्फत स्वास्थ्य सामग्री खरिदमा १० प्रतिशतसम्म छुट

मेगा बैंकका ग्राहकलाई रिचार्जरमार्फत स्वास्थ्य सामग्री खरिदमा १० प्रतिशतसम्म छुट



काठमाडौं । मेगा बैंकले आफ्ना ग्राहकलाई कोरोना न्युनिकरणमा आवश्यक स्वास्थ्य सामग्री खरिदमा छुटको व्यवस्था गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामाग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरेको हो । पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामाग्री खरिदमा मेगा बैंकका ग्राहकहरुलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जानकारी दिएको छ । ,

laxmi

मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५ सय रुपैंयासम्म छुटको व्यवस्था गरिएको छ । रिचार्जरको वेबसाइट तथा मोबाइल एप्समार्फत ग्राहकहरुले सामान अर्डर गर्न सक्नेछन् ।

देशव्यापी लकडाउनको असहज अवस्था तथा कोरोनाको सम्भावित खतराबाट जोगिन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको मेगा बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL