Logo

मुक्तिनाथ विकास बैंकद्धारा मृतकका परिवारलाई राहत, गर्यो ऋण मिनाहा

मुक्तिनाथ विकास बैंकद्धारा मृतकका परिवारलाई राहत, गर्यो ऋण मिनाहा



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहककको ऋण मिनाहा गरेको छ । बैंकको साना तथा लघु बैंकिङ विभाग अन्तरगत नियमित रुपमा कारोवार गर्दै आएका ग्राहकहरुको ऋण मिनाहा गरको हो ।

laxmi

सदस्य, सदस्य संरक्षकको मृत्यु तथा सदस्यको परियोजनामा आगलागी भई क्षती भएकाले बैंकको छुट्टाछुटै कार्यालयहरुबाट ग्राहक सदस्यहरुको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको बैंकले जानकारी दिएको छ ।

बैंकको शाखा कार्यालय सल्यानटार धादिङबाट लघु कर्जा लिएका कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएका कान्छी मर्हजनको निधन भएकाले निजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज मिनाहा गर्नुका साथै काज क्रिया रकम वापत क्रमश १ लाख ८ हजार ७ सय १७ रुपैयाँ र १ लाख १४ हजार ८० रुपैंया मृतकको परिवारलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारीको श्रीमान र टोखा २, बानियाटारकी मैया बानीयाको श्रीमानको मृत्यू भएकाले मृतकका परिवारलाई काजक्रिया खर्च वापत ५ हजार रुपैयाँ प्रति सदस्य राहत प्रदान गरिएको छ ।

बैंकको शाखा कार्यालय धार्के धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षति भएकाले सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुप ५ हजार रुपैयाँ राहत वितरण गरिएको छ । बैंकले विभिन्न शाखा कार्यालयहरुवाट कुल जम्मा २ लाख २७ हजार ७ सय ९७ रुपैयाँ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL