Logo

विदाको दिन पनि कर उठाउन बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन, चेक क्लियरिङको काम पनि जारी राख्न भन्यो

विदाको दिन पनि कर उठाउन बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन, चेक क्लियरिङको काम पनि जारी राख्न भन्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शनिबार र अन्य सार्वजनिक विदामा पनि शाखा खुला राख्न निर्देशन दिएको छ । सरकारले उद्योगी व्यवसायीलाई जेठ २५ गतेभित्र सबै किसिमका कर तिर्न भनेपछि राष्ट्र बैंकले बुधबार एक सूचना प्रकाशित गर्दै निर्देशन यस्तो निर्देशन दिएको हो ।

laxmi

राष्ट्र बैंकद्धारा जारी निर्देशनमा सरकारले फागुन र चैतको आय विवरण पेश र सोहीअनुसार तिर्नुपर्ने कर दाखिला गर्ने समय जेठ २५ गतेसम्म भएको बताउँदै शनिबार र अन्य सार्वजनिक विदाको दिनमा राजश्व दाखिलाका लागि काउन्टरहरु खोल्न भनिएको छ ।

यस्तै केन्द्रीय बैंकले विदाको दिनमा पनि नेपाल क्लियरिङ हाउसलाई पनि चेक क्लियरिङको काम जारी राख्न भनेको छ ।

राष्ट्र बैंकको सूचनामा ‘इजाजत पत्र प्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार करदाताहरुले बसझाउनपर्ने २०७६ फागुन र चैत महिनाको कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने मिति २०७७ जेठ २५ सम्म तोकिएकोले सो मितिसम्म शनिवार लगायत जुनसकै सार्वजनिक विदामा समेत रजस्व वुझ्ने प्रयाजनका लागि नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थामा सम्पूर्ण राजस्व संकलन गर्ने शाखा काउण्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरुलगायत नेपाल क्लियरिङ हाउस लि पूर्णकालिन रूपमा खुला गर्ने व्यवस्था मिलाउन हन र सूचना जारी गरिएको छ’, उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL