Logo

कुमारी बैंकद्वारा देवः विकास प्राप्तिको प्रस्ताव पारित, चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी

कुमारी बैंकद्वारा देवः विकास प्राप्तिको प्रस्ताव पारित, चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी



काठमाडौं(जस)–कुमारी बैंकको विषेश साधारण सभाले देव विकास बैंक प्राप्ति गर्ने विषेश प्रस्ताव पारित गरेको छ । कुमारी बैंकको सोमबार सम्पन्न साधारणसभा संचालक समितिका अध्यक्ष आमिर प्रताप राणा अध्यक्षतामा नक्साल प्राङ्गणमा विशेष साधारण सभा सम्पन्न भएको छ ।

कुमारी बैंकका संचालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापन अधिकारीहरुका माझ एक समारोहबीच साविकको देवः विकास बैंक लिमिटेडको प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन सम्पन्न भएको हो ।

उक्त प्राप्ति पश्चात् बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोडभन्दा बढी हुनेछ । साथै, निक्षेप १२० अर्ब तथा कर्जा लगानी १०५ अर्ब र शाखा संजाल भने २०९ हुनेछ । यस विशेष साधारण सभामार्फत प्राप्ति पश्चात् कुमारी बैंकको प्रति १ कित्ता शेयर बराबर देवः विकास बैंकको ०.८६ कित्ता शेयर अनुपातमा शेयर मूल्य कायम हुने गरी स्वाप रेसियो स्वीकृत भएको छ ।

यस कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू सबै अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत शेयरधनीले मन्तव्य, सुझाव लिएको थियो । यस विषम परिस्थितिमा डिजिटल प्लाटफमर्मा उल्लेखनीय सहभागिताका लागी शेयरधनी महानुभावहरुलाई सम्पूर्ण बैंकको संचालक समितिका सम्पूर्ण सदस्यहरुले धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL