Logo

इजि केयरबाट गरिने औषधि खरिदमा सनराईज बैंकका ग्राहकलाई २२ % सम्मको छुट

इजि केयरबाट गरिने औषधि खरिदमा सनराईज बैंकका ग्राहकलाई २२ % सम्मको छुट



काठमाडौं । सनराईज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२ प्रतिशतसम्म छुट र क्यासब्याक दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि सनराईज बैंकको क्यू.आर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद तथा ब्लड टेष्ट फ्रम होम सुबिधा लिने ग्राहकहरुलाई १२ प्रतिशत छुट र १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक प्रदान गर्नेछ ।

laxmi

त्यसका साथै ग्राहकहरुले बैंकको कार्ड वा क्यू.आर कोड प्रयोग गरी आवश्यक मेडिकल किट जस्तै मास्क, पन्जा, सेनिटाइजर, स्प्रे तथा अन्य सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्मको विशेष छुट पनि पाउन सक्नेछन् ।

अवस्थाको जटिलता तथा ग्राहकहरुको सहजता, सुविधा र सुरक्षालाई ध्यानमा राखेर बैंकले काठमाडौं अरगेनिक, नेप मेड्स, मेरो किराना र फुडमाण्डुमा आवश्यक सामान खरिद गर्दा १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL