Logo

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत कार्यक्रम जारी, साकोसको अभियानलाई आर्थिक सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा लकडाउनमा राहत कार्यक्रम जारी, साकोसको अभियानलाई आर्थिक सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले जारी लकडाउनमा पनि आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमलाई जारी राखेको छ । यसै अन्तरगत बैकको शाखा कार्यालय विर्तामोडले सहारा नेपाल (साकोस)ले सञ्चालन गरेको ‘एकका लागि एक अभियान’ लाई आर्थिक सहयोग गरेको छ ।

उक्त अभियानले बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै आइरहेको छ । सहयोग रकम बैंकका प्रदेश नं १ का क्षेत्रिय प्रमुख मनोज बिष्ट र विर्तामोड शाखाका शाखा प्रमुख हरि ओझाले एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेका हुन् ।

मुक्तिनाथ विकास बैंकले विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई राहत सामाग्री सहयोग गरेको छ । विकास बैंकले देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित देशका विभिन्न स्थानहरुका श्रमिकहरुलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत सामाग्री वितरण गर्दै आएको हो ।

बैंकले आगामी लकडाउनको समयमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL