Logo

वित्तीय क्षेत्र विकासमा कोरियाबाट पाठ सिक्न सुझाव, संयुक्त लगानीमा बैंक खोल्न माग

वित्तीय क्षेत्र विकासमा कोरियाबाट पाठ सिक्न सुझाव, संयुक्त लगानीमा बैंक खोल्न माग


रामराजा श्रेष्ठ
27
Shares

 बिजखबर संबाददाता

२८ साउन,काठमाडौं । नेशनल बैंकिङ इष्टिच्यूट लिमिटेडको ‘कोरिया एण्ड इकोनोमिक डेभलपमेन्ट’ नामक अन्तक्र्रिया  सम्पन्न भएको छ ।

बिहीवार आयोजित कार्यक्रममा राजदुत च्यो याँग–जीनले दक्षिण कोरीयाको ऐतिहासीक पृष्ठभुमी, आर्थिक विकास, त्यहाँ को धार्मिक साँस्कृतिक अवस्था, आर्थिक मन्दी र कोरीया–नेपाल सम्बन्ध बारे विस्तृत रुपमा प्रकाश पारे ।

उनले कोरियाली जनताको लगनशिलताले नै दक्षिण कोरीयाको आर्थिक विकास ५० बर्षको छोटो समयमै फड्को मारेको जानकारी दिए । सो कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष तथा यस ईन्टिच्यूट का संचालक उपेन्द्र पौडयालले नेपाल ले दक्षिण कोरीयाको आर्थिक विकास का क्रियाकलाप वाट धेरै कुराहरु सिक्नु पर्ने  बताए  । साथै  नेपालको वित्तिय क्षेत्र  दक्षिण कोरीयाको सहकार्यमा अगाडी बढन सक्ने जानकारी दिए ।

सो अवसरमा नेशनल बैंकिङ ईन्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले यस कार्यक्रमबाट नेपालका वित्तिय क्षेत्रले कोरीयाली आर्थिक विकासको लागी गरीएको प्रयत्न बाट धेरै कुराहरु मार्गदर्शनको रुपमा लिन सक्ने कुरा औल्याए । साथै नेपालको वित्तिय क्षेत्रमा द.कोरीयाको सहभागीता मा संयुक्त लगानीको बैंक संचालन गर्न सकिएमा नेपालको वित्तिय क्षेत्रको विकासको लागी कोशेढुङ्गा सावीतहुन सक्ने कुरामा जोड दिए ।

कार्यक्रममा  नेपालका बैंक तथा वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL